विश्वका धनाढ्य व्यक्तिको सूचीबाट अडानी २५ औं स्थानमा झरे!

हिन्डनबर्ग प्रतिवेदनपश्चात गौतम अडानीको कम्पनीको शेयरमा उछाल आएको छ। अदानी समूहका सबै कम्पनीको शेयर लगातार कमजोर बन्दै गएको छ। जसको असर गौतम अडानीको नेटवर्थमा पनि देखिएको छ।

हिन्डनबर्ग प्रतिवेदन अघि विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा रहेका गौतम अडानी अहिले विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीबाट समेत बाहिरिसकेका छन्। २० हजार करोडको एफपीओ फिर्ता लिएपछि पनि अडानीको समस्या रोकिएको छैन।

विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा गौतम अडानी २५ औं स्थानमा झरेका छन्। २४ जनवरीमा अडानी संसारको तेस्रो धनी व्यक्ति थिए। तर हिन्डनबर्ग रिपोर्टका कारण पछिल्लो २७ दिनमा अडानीको सम्पत्ति झण्डै आधा घटेको छ। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी हाल ४९.१ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको २५ औं धनी व्यक्ति हुन्।

हिन्डनबर्गको रिपोर्टको बीचमा अब प्रसिद्ध व्यापार पत्रिका फोर्ब्सले अडानी समूहको बारेमा ठूलो खुलासा गरेको छ। यो खुलासा गौतम अडानीका भाइ विनोद अडानीको बारेमा गरिएको हो। प्रतिवेदनमा समूहले रुसी बैंकबाट ऋण लिनको लागि संस्थापकको हिस्सा धितो राखेको दाबी गरेको छ।

 

Comments

Back to top