अदुवाका लाभ जसले दुखाई कम गर्नेदेखि यौनक्षमता बढाउने काम गर्छ !

अदुवामा एन्टी इन्फ्लेमेटरी र एनाल्जेसिक गुणहरु हुन्छन् । जसले दुखाई र पीडा कम गर्न मद्दत गर्छ । तीव्र कसरत गर्ने पुरुषहरुले मांसपेशीमा समस्या हुन नदिन अदुवाको नियमित सेवन गर्नसक्छन् । अदुवाको चिया वा सप्लिमेन्टले मांसपेशी बाउडिने लगायतका समस्या समाधानमा सहयोग गर्छ ।

मांसपेशीसँगै औषधीले हाडजोर्नीको दुखाई पनि कम गर्छ । हाडजोर्नी दुख्ने समस्या भएका पुरुषहरुका लागि अदुवाको नियमित सेवन फलदायी हुने एक अध्ययनको निष्कर्ष छ ।

तौल घटाउन अदुवा महत्वपूर्ण सहयोगी हो । आहार र व्यायामका बीच सन्तुलन राखेर तौल घटाउन चाहनेहरुका लागि अदुवाले विशेष सहयोग गर्छ । अदुवाले थर्मोजेनेसिसलाई प्रेरित गर्छ, जसले शरीरको ताप बढाउँछ जसले बोसो घटाउन मद्दत गर्छ ।

रगतमा चिनीको मात्रा घटाउनपनि अदुवा नै उपयोगी हुन्छ । मधुमेह भएका वा संकेत देखिएका बिरामीहरुका लागि अदुवाको सेवन फाइदाजनक हुन्छ । अदुवाको सेवनले मुटु रोगको न्यूनीकरणमा पनि मद्दत पुग्ने बताइन्छ ।

पुरुषहरुका लागि यौन क्षमता बढाउन पनि अदुवाले साथ दिनेछ । खासगरी उमेर ढल्केका पुरुषहरुले अदुवाको सेवनबाट आफ्नो शारिरीक स्फूर्ति बढाउन सक्छन् ।

Comments

Back to top