एलन मस्कको नेटवर्थमा फेरि उछाल, सबैभन्दा धनी व्यक्ति बन्दै एलन मस्क!

टेस्ला, ट्विटर र स्पेसएक्सका सीईओ एलन मस्क फेरि एक पटक विश्वका धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थान नजिक पुगेका छन् । यो वर्ष उनको नेटवर्थमा कीर्तिमानी वृद्धि भएको छ ।

यो वर्ष टेस्लाको मूल्य ७० प्रतिशतले बढेसँगै मस्कको नेटवर्थमा उछाल आएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधबार मस्कको कुल सम्पत्ति ४.४२ बिलियन डलरले बढेको छ । अहिले उनको कुल सम्पत्ति १९१ अर्ब डलर पुगेको छ र उनी विश्वका धनीहरुको सूचीमा दोस्रो स्थानमा छन् । फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट १९२ अर्ब डलरको सम्पत्तिका साथ यो सूचीमा पहिलो नम्बरमा छन् ।

अर्नाल्ट र मस्कको नेटवर्थमा एक अर्ब डलर मात्र फरक छ । यस वर्ष, मस्कको कुल सम्पत्ति ५४.२ बिलियन डलरले बढेको छ, जबकि अर्नाल्टको कुल सम्पत्ति २९.९ बिलियनले बढेको छ । सन् २०२१ को अन्त्यसम्ममा मस्कको कुल सम्पत्ति ३०० अर्ब डलर पुगेको थियो ।

Comments

Back to top