सुँगाले अमेजनबाट मगायो आईसक्रीम र चंगा!

बेलायतमा एउटा सुँगाले भोइस सर्च गरेर अन्लाइन शपिङ गरेको छ । अमेजनको स्मार्ट स्पीकरमार्फत अमेजनले खरिददारी गरेको हो ।  सुँगाले अर्डर गरेर घरैमा आईसक्रीम, स्ट्रबेरी र चंगा मगायो । 

 सुँगाको नाम रोको हो र यो अफ्रिकी ग्रे प्यारोट प्रजातिको हो। उसले अमेजन एलेक्साको फाइदा उठाएर सामान मगाएको हो ।  सुँगाकी मालिक्नीलाई यसको पत्तै भएन । 

मालिक्नी म्यारिएनले अनावश्यक खरिददारीबाट बच्न एलेक्सामा नियन्त्रण लगाएकी छन् ।  म्यारिएनका अनुसार, अमेजन शपिङ अर्डर लिस्ट हेर्दा उनी छक्क परिन् । लिस्टमा उनले कहिले पनि अर्डर नगरेका सामान पनि थिए । 

 सुँगाले सामान मगाएको उनले पछि थाहा पाइन् । अन्लाइन अर्डर गर्नुका अलावा रोको सुगाले एलेक्साबाट गीत र जोक पनि सुन्ने गरेको छ । सुँगाले घरमा शब्द सिकेको हो ।

एलेक्साको सहायताले ऊ मन पर्ने गीत सुन्थ्यो र ख्यालख्यालमै सामान मगाएछ ।

Comments

Back to top