एक सातामै अडानी इन्टरप्राइजेजका लगानीकर्ताले कमाए ८०% भन्दा धेरै नाफा

अडानी इन्टरप्राइजेजको सेयर खरिद गर्ने लगानीकर्ताहरुले  एक साता अघि ८०% भन्दा धेरैको नाफा कमाउन सफल भएका छन् । 

अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले सार्वजनिक गरेको एक रिपोर्टपछि अडानी समूहका कम्पनीको सेयरमा भारी गिरावट आएको हो । उक्त रिपोर्टमा यस समूहले कर छली गरेको, कम्पनीको वित्तीय सूचक लुकाएको, सेयर म्यानुपुलेट गरेको जस्ता आरोप लगाइएको छ  । 

रिपोर्ट सार्वजनिक हुने बित्तिकै अडानीका सबै कम्पनीहरुको सेयर भाउमा भारी गिरावट आएको थियो । सोसँगै अडानीको नेटवर्थ पनि घटेको छ । कुनै समय विश्वका तेस्रो धनी व्यक्ति अहिले २४ औं स्थानमा झरेका छन् । उनको कुल नेटवर्थ ५२ अर्ब डलरमा सीमित बनेको छ । अडानीले भने हिन्डेनबर्गको आरोपलाई खण्डन गर्दै आएका छन् ।

यस समूहले आफ्ना कम्पनीहरुको वित्तीय अवस्था सन्तोषजनक रहेको बताउँदै ५० करोड डलरको ऋण पूर्व भक्तानी गर्ने भएको छ । लगानीकर्ताहरुको विश्वास बढाउनको लागि यस समूहले केही ऋणहरू अग्रिम भुक्तानी गर्न थालेको छ ।

Comments

Back to top