६ वर्षकी बालिकाले किनिन् सात करोडको घर

विश्वका जो कोही व्यक्ति पनि आफ्नो एउटा घर चाहिँ होस् भन्ने चाहना राख्छन् । एक सामान्य मानिसको जीवनभरीको कमाइ उसको सपनाको घर बनाउन लाग्छ । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर एउटा यस्तो समाचार बाहिरिएको छ जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ ।

एक ६ वर्षकी बालिकाले आफ्ना भाइ–बहिनीसँग मिलेर आफ्नो एउटा घर खरिद गरेकी छिन् । यो घरको मूल्य सुन्दा पनि तपाईंलाई अचम्म लाग्ला । ६ वर्षकी बालिकाले अष्ट्रेलियाको मेलवर्नमा करिब ७ लाख डलर पर्ने घर खरिद गरेकी छिन् । 

रुबी, गस र लुसी म्याकलेनन भर्खरै एक घरका मालिक बनेका छन् ।

‘मेरो नाम रुबी हो र म ६ वर्षकी भएँ, म आफ्नो पहिलो घर खरिद गर्न जाँदैछु,’ रुबीले  सेभेनन्यूजलाई भनिन्।

यी तीनका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन् ।

‘आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।

यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन् ।

Comments

Back to top