एलन मस्क ‘टेस्ला ट्वीट’ मुद्दामा दोषी देखिएनन्

एक अदालतले टेस्लाका संस्थापक तथा अर्बपति एलन मस्कलाई कम्पनीको गतिविधिसँग सम्बन्धित ट्वीटको कारण गलत काम गरेको आरोपबाट सफाइ दिएको छ ।

मस्कले सन् २०१८ को अगस्टमा गरेको एक ट्वीटमा टेस्लासँग सार्वजनिक कम्पनी बनाउनको लागि कोष रहेको उल्लेख गरका थिए ।

टेस्लाका शेयरधनीहरूको तर्फबाट दायर गरिएको मुद्दामा मस्कले आफ्नो पदीय जिम्मेवारी राम्रोसँग पूरा नगरेको र उनको उक्त ट्वीटले शेयरधनीहरूलाई भ्रमित गरेको आरोप लगाइएको थियो ।

उनले आश्वासन दिए बमोजिमको ७२ बिलियन डलरको उक्त सम्झौता कहिल्यै पूरा नभएको पनि उनीहरूको आरोप थियो ।

बीबीसीका अनुसार शुक्रबार गरिएको फैसलामा यदि यदि सान फ्रान्सिस्कोको एक अदालतले एलन मस्कलाई दोषी ठहर गरेको भए उनले अर्बौं डलर क्षतिपूर्ति तिर्नुपर्ने हुन्थ्यो । ९ सदस्यीय इजलासले करिब २ घण्टा लगाएर आफ्नो फैसला सुनाएको थियो ।

एलन मस्क भने टेस्लाको मुख्यालय रहेको टेक्सासबाटै मुद्दा अघि बढोस् भन्ने चाहन्थे । सान फ्रान्सिस्कोको अदालतबाट निष्पक्ष निर्णय हुनेमा उनको आशंका थियो । यद्यपि शुक्रबार यहाँको अदालतले गरेको फैसलाको उनले स्वागत गरेका छन् ।

७ अगस्ट २०१८मा गरिएको एक ट्विटमा उनले लेखेका थिए, ‘म ४२० डलरमा टेस्लालाई आफ्नो स्वामित्वमा लिने विचार गर्दैछु । कोष सुरक्षित छ ।’

उनले शेयरहोल्डरहरूले आफ्नो सेयर बेच्न वा आफैंसँग राख्न सक्ने बताएका थिए ।

योसँगै उनीमाथि लगानीकर्ताहरूको समर्थन पाउन झूटो बोलेको आरोप लाग्दै आएको थियो । उक्त उक्त ट्वीटपछि टेस्लाको सेयरको मूल्य बढे पनि पछि सम्झौता नहुने सन्देश गएपछि पुनः कम्पनीको सेयर मूल्य घटेको थियो ।

अदालतमा दर्ता गरिएको रिटमा मस्कको यो भ्रमपूर्ण सन्देशले लगानीकर्ताको १२ अर्ब डलर नोक्सान पुर्‍याएको दाबी गरिएको थियो ।

Comments

Back to top