ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्दै, ११.२५ प्रतिशत ब्याज दिने

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ग्लोबल आइएमई बैंकले निष्काशन गर्ने भएको छ । बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको हो ।  

बैंकले १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि २० लाख कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने छ ।

२० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ७० हजार कित्ताको लागि मात्र माग आएको बैंकले जनाएको छ । सोहि कारण ति योजनाहौरलाई छुट्याएर बाँकि रहेको ३० हजार कित्ता सहित सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन हुने बैंकले उल्लेख गरेको छ ।

५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ११।२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ । बैंकले ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।

Comments

Back to top