गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको सेयर मूल्य समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । कम्पनीकाे ६.५० प्रतिशत बाेनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको मूल्य प्रतिकित्ता ३४२.७२ रूपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य ३६५ रूपैयाँका आधारमा यसको मूल्य समायाेजन गरेकाे हाे ।  कम्पनीले वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुँदैछ ।

सभामा गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

 

Comments

Back to top