डेल बेकियो: चश्मालाई फेसनका रुपमा स्थापित गरेका रे-बानका अर्बपति मालिक

बेकियोेको जन्म मे २२, १९३५ मा मिलानमा गरिब परिवारमा भएको थियो । उनले आफ्नो युवावस्थाको केही समय अनाथालयमा बिताए र किशोरावस्थामा काम गर्न थाले ।

डेल बेकियोे इटालीका सबैभन्दा सफल उद्योगपति हुन् । उनले शून्यबाट सुरु गरे र चश्मालाई विलासी र फेसन वस्तु बनाउने अन्तर्राष्ट्रिय कम्पनी बनाए। फोब्र्सको २०२२ को विश्व अर्बपतिहरूको सूची अनुसार, बेकियोको कुल सम्पत्ति २७.३ बिलियन डलर अनुमान गरिएको छ ।

सानो उमेरमा उनले लेन्स बेच्नेदेखि अन्य धेरै साना काम गर्थे । १९६१ मा उनले आफ्नो आफ्नै कम्पनी, लक्सोटिका स्थापना गरे, जसले अप्टिकल उद्योगलाई कम्पोनेन्टहरू आपूर्ति गर्दछ ।

एक दशकपछि, डेल बेकियोले उत्पादन प्रक्रियाका सबै घटकहरू नियन्त्रण गर्ने रणनीतिक निर्णय गरे लक्सोटिकाले आफ्नै चश्मा निर्माण गर्न थाल्यो र संयुक्त उद्यममार्फत युरोपमा विस्तार गर्नु अघि इटालीभर बेच्यो । उनले जर्जियो अरमानीलगायत फेशन डिजाइन ब्रान्डहरूसँग साझेदारीको फाइदाहरू देखे, जसले खुद्रा क्षेत्रलाई फैलाएको थियो । त्यसपछि उनले रे–ब्यान, पर्सोल र ओक्ले जस्ता फेसनदार चश्मा लगाउने ब्राण्डहरू किने।

बिचौलिया बिना प्रत्यक्ष उपभोक्तासम्म पहुँचका लागि लक्सोटिकाले लेन्सक्राफ्टर्स र सनग्लास हटजस्ता खुद्रा बिक्रेताहरू पनि खरिद गर्यो । जसले कम्पनीलाई बिचौलियाविना सीधै उपभोक्ता बजारमा पुग्न मद्दत गर्यो। सन् २०१८ मा, लक्सोटिका फ्रान्सको एस्सिलरसँग गाभिएर एस्सिलर लक्सोटिका भयो । यहाँ डेल बेकियोेले अध्यक्षको रूपमा सेवा गरे । सार्वजनिक रूपमा व्यापार गरिएको कम्पनीले २०२१ मा २०.९ बिलियन डलरको कारोबार गरेको थियो ।

उनको सन् २०२२ जुन २७ मा  ८७ वर्षको उमेरमा निधन भएको हो । बेकियोले आफ्नो जीवनमा एक अप्टिकल साम्राज्य निर्माण गरेका थिए । उनले रे–बान, पर्सोल र ओक्ले जस्ता चर्चित चस्माका ब्रान्डका किनेका थिए ।

यसरी, चश्मालाई फेसनबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने इटालीका दोस्रो धनी लियोनार्डो डेल बेकियो अब यो संसारमा छैनन् ।

Comments

Back to top