एघार किलोग्रामको विश्वकै ठूलो किताव!

 उत्तरी हंगेरीमा हातैले बनाएको एउटा किताव विश्वकै ठूलो भएको दाबी गरिएको छ । सानो गाउँ सिनपेत्रीमा बेला वर्गाले हातैले एउटा किताब बनाए ।

७१ वर्षका वर्गाले किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३ सय ४६ पाना छ । यसको तौल १ हजार ४ सय २० किलोग्राम छ । किताबमा इलाकाका वातावरण, गुफा र भू–भागको संरचनाबारे जानकारी दिइएको छ ।

बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ । उनले यो किताब त्यहाँको क्षेत्रबारे जानकारी दिने अन्य किताबभन्दा भिन्न रहेको दाबी गरेका छन् । यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ । किताबको पाना पल्टाउन मात्रै ६ जना आवश्यक पर्ने बताइएको छ ।

किताबको एउटा सानो कपी पनि तयार गरिएको छ ता कि किताबको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता होस् । कितावको तौल ११ किलोग्राम छ ।

एजेन्सी

Comments

Back to top