एलन मस्कको कम्पनी स्पेसएक्सले नेपालमा स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना

 

एलन मस्कको कम्पनी स्पेसएक्सले नेपालमा पनि स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले आफ्नो वेबसाइटमा २०२३ देखि नेपालमा इन्टरनेट सेवा सुरु हुने उल्लेख गरेको छ ।

हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्क उपलब्ध छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा नेपालमा पनि २०२३ भित्रै सेवा विस्तार गर्ने योजना ल्याएपनि औपचारिक रुपमा नियामकसँग अनुमतिपत्रका लागि निवेदन दिएको छैन।

छिमेकी देश भारतमा कम्पनीले सञ्चालन अनुमतिका लागि निवेदन दिइसकेको छ। तर, चीनमा भने कम्पनीले सेवा विस्तार गर्ने वा नगर्ने केही निश्चित छैन।

फाइबर इन्टरनेट नपुगेका ठाउँका लागि स्याटलाइट इन्टरनेट उपयुक्त हुन्छ। बिना कुनै तार हार्डवेयर प्रयोग गरेको भरमा राउटरले इन्टरनेट उपलब्ध गराउँछ।

विशेषगरी हिमाली दुर्गम गाउँहरूमा विभिन्न बैंक, सरकारी तथा गैरसरकारी संस्थाले यो इन्टरनेटको प्रयोग गरेर सेवा विस्तार गर्न सक्छन् । कम्पनीले विभिन्न देशअनुसार इन्टरनेट तथा हार्डवेयरको शुल्क फरक-फरक तोक्ने गर्छ। 

Comments

Back to top