अपि पावर कम्पनीको कहिले बस्दैछ साधारण सभा ?

अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा फागुण १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

यस्तै सभाले उक्त बोनस शेयर पश्चात कायम हुने पुँजीको ४० प्रतिशतका दरले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुण ४ गते बुक क्लोज गर्नेछ । त्यस अनुसार फागुण ३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

Comments

Back to top