अडानी समूहलाई तीन दिनमा ६५ अर्ब डलरको घाटा, गौतम अडानी धनीको सूचीबाट बाहिरिए!

 

अडानी समूहका अधिकांश कम्पनीको सेयर घट्ने क्रम आज तेस्रो दिन पनि जारी रह्यो। जसका कारण अडानी समूहलाई तीन दिनमा ६५ अर्ब डलर (लगभग ५.३ लाख करोड रुपैयाँ) नोक्सान भएको छ । गत हप्ता बुधवार एक अमेरिकी सर्ट सेलिंग कम्पनीले अडानी समूहमाथि गम्भीर आरोप लगाएको थियो। त्यसपछि गत साता बुधबार र शुक्रबार अडानी समूहका कम्पनीहरूमा ठूलो गिरावट आएको थियो ।

यीमध्ये केही कम्पनीको सेयर सोमबार पनि घटेको छ। जसका कारण अडानी समूहका कम्पनीहरुको बजार पुँजी ६५ अर्ब डलरले घटेको छ। सेयरमा आएको गिरावटका कारण कम्पनीका अध्यक्ष गौतम अडानीको नेटवर्थमा पनि भारी गिरावट आएको छ।

तीन दिनमा अडानीको सम्पत्ति करिब ३७ अर्ब डलर (लगभग रु ३०,२०,५१,३५,००,०००)ले घटेको छ। फोर्ब्सका अनुसार अडानीको कुल सम्पत्ति ८.३ बिलियन डलरले घटेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा आठौं नम्बरमा झरेका छन्।

 

Comments

Back to top