आफैँले पालेको कुकुरले चाट्दा मालिकको मृत्यु !
आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको थियो।
उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् ।
कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका ती वृद्धलाई कुकुर र बिरालोको मुखमा हुने क्यापनोसिटोफ्यागा क्यानिमोर्सस नामक ब्याक्टेरियाका कारण संक्रमण भएको रिपोर्टमा उल्लेख छ । यो मानिसमा निकै विरलै सर्ने गर्छ ।
उक्त ब्याक्टेरिया टोकेको खण्डमा सर्ने गर्छ तर ती वृद्धालाई भने कुकुरले टोकेको थिएन । ‘उनलाई कुकुरले छोएको र चाटेको मात्रै थियो, टोकेको थिएन,’ जर्मनीको ब्रेमेनस्थित रेडक्रस हस्पिटलका डाक्टरले प्रकाशित गरेको पत्रमा उल्लेख छ ।
साभार: दैनिक नेपाल
Comments