कयौँ रोगको औषधि तुलसीको चिया, यसलाई कसरी बनाउने जान्नुहोस्
रोगबाट बच्न र रोगसँग लड्न, बलियो प्रतिरोधात्मक क्षमता हुनु महत्त्वपूर्ण छ। जाडो मौसममा रुघाखोकी लाग्नु सामान्य समस्या हो । दैनिक रुपमा तुलसीको चिया पिउने हो भने फ्लु सम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
तुलसीको चिया सेवन गर्नाले रुघाखोकी र चिसोबाट बच्ने मात्रै नभई श्वासप्रश्वासको समस्यादेखि लिएर चिनीसम्मको समस्यालाई पनि नियन्त्रण गर्न सहयोगी हुन्छ।
तुलसीको चियाले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ, जसले तनाव कम गर्न मद्दत गर्छ। यसले पाचन प्रणालीलाई ठीक राख्छ। तुलसीको चिया शरीरको दुखाईमा पनि फाइदाजनक हुन्छ । आउनुहोस् जानौं यसलाई बनाउने सजिलो तरिका। तुलसी चिया बनाउनका लागि सामग्री
१ इन्च अदुवा
५–६ वटा कालो मरिच
२ वटा ल्वांग
२ वटा अलैंची
१ कप पानी
१ चम्मच चिया पातहरू
१५ देखि २० वटा तुलसी पातहरू
३ कप दूध
१ देखि ४ चम्मचसम्म चीनि वा गुड़
तुलसी चिया बनाउँने तरिका
सबैभन्दा पहिले, मध्यम आगोमा तताउनको लागि प्यानमा पानी राख्नुहोस्। पानी तातो हुने बित्तिकै त्यसमा तुलसीको पात र अदुवा मिसाएर राम्ररी उमाल्नुहोस्। जब पानी थोरै तातो हुन्छ, धुलो सामग्री र चिया पातहरू थप्नुहोस् र यसलाई २–३ मिनेटको लागि उमाल्नुहोस्। २–३ मिनेटपछि, प्यानमा १५ देखि २० वटा तुलसीका पातहरू राख्नुहोस् र त्यसमा ३ कप दूध हाल्नुहोस्। अब सबै सामग्रीलाई ३–४ मिनेट लागि उमाल्नुहोस्। ३–४ मिनेट मिनेट पछि गुड़ वा चीनि हाल्नुहोस् र गुड़ पग्लिएसम्म उमाल्नुहोस्। जब गुड़ पग्लन्छ, प्यानलाई ग्यासबाट निकाल्नुहोस्। भाग लगाएर पिउनुहोस् ।
Comments