भारतमा फाइभ जी ल्याउने पहिलो टेलिकम बन्यो मुकेश अम्बानीको जियो

जियोले ६ जीबी डाटा प्रदान गर्ने ६१ डाटा टप-अप योजनाको साथ फाइव-जी-विशेष योजना प्रस्तुत गरेको छ। 

यसका साथै, जियोले आफ्नो फाइव-जी वेल्कम अफर भारतको ८५ शहरहरूमा सबै ग्राहकहरूका लागि खुलाएको छ। यस अतिरिक्त सोमबार यसको कभरेजमा १० नयाँ शहरहरू थपिएको छ।

 यसमा आगरा, कानपुर, मेरठ, प्रयागराज, (उत्तर प्रदेश), तिरुपति, नेल्लोर (आंध्र प्रदेश), कोझिकोड, त्रिशूर (केरला), नागपुर, अहमदनगर (महाराष्ट्र) समावेश छन्।

यस अघिसम्म, ‘२३९ र त्यस माथिको बेस प्याक र फाइव-जी चल्ने डिभाइस  भएका प्रयोगकर्ताहरूले मात्र वेल्कम अफर प्राप्त गर्न सक्थे।

Comments

Back to top