ट्रम्पकाे कम्पनीलाई १६ लाख अमेरिकी डलर जरिवाना

डोनाल्ड ट्रम्पको रियल स्टेट कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्।

न्यायाधीशहरूले ट्रम्प संगठनले धोखाधडी र व्यापार रेकर्डमा छेडछाड गरेकोमा दोषी पाएका हुन्।

कम्पनी पूर्व राष्ट्रपतिसँगको सम्बन्धका लागि प्रसिद्ध छ यद्यपि उनी र उनको परिवार मुद्दाको हिस्सा भने छैन।

यस मामलामा कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकारी एलन वेसेलबर्गलाई आराेप लगाएकाे छ।

पूर्व राष्ट्रपतिकाे अझै पनि उनी र उनका छोराछोरी विरुद्ध न्यूयोर्कमा छुट्टै मुद्दासहित धेरै आरोपमा मुद्दा चलिरहेको छ।

ट्रम्प अर्गनाइजेसनका दुई सहायक कम्पनीहरू- ट्रम्प कर्प र ट्रम्प पेरोल कर्पोरेशनलाई आफ्ना शीर्ष अधिकारीहरूलाई लक्जरी कार र निजी विद्यालय शुल्क जस्ता अघोषित लाभहरू १५ वर्षसम्म प्रदान गरेकोमा दोषी पाइएकाे छ।

यी सुविधाका कारण तलब घटेको र त्यसका कारण कम्पनीले पनि कम कर तिर्नुपरेको अभियोजन पक्षको तर्क छ।

Comments

Back to top