कुरिलो अनेक रोगको अचुक औषधि!

कुरिलोलाई औषधि एवम् पोषणयुक्त खाद्यान्नका रूपमा पनि प्रयोग गर्न सकिन्छ।  आयुर्वेदका अनुसार अम्लपित्त, मस्तिष्क दुर्बलता, पिसाब पोल्ने, महिलामा हुने बढी रक्तस्राव, उच्च रक्तचाप र हृदयरोगको उपचारमा समेत कुरिलो लाभकारी वनस्पति हो । सुत्केरी महिलामा दूध नआउने समस्या भएमा कुरिलोबाट बनेको विशेष प्रकारको औषधि प्रयोग गर्ने गरिन्छ ।

प्रशस्त दूध नपाएका बच्चामा रोगविरूद्ध लड्ने क्षमता कम हुनुका साथै शारीरिक, मानसिक वृद्धि–विकासमा पनि अवरोध निम्तिन्छ। सुत्केरी महिलाको प्रशस्त दूध नआएमा बच्चालाई कुपोषणबाट बचाउन कुरिलोबाट बनेको तयारी औषधिसमेत पाइन्छ।

कुरिलोमा भिटामिन सी, फोलिक एसिड, भिटामिन ई, भिटामिन बी६ र मिनरलहरू पाइने भएकाले यसको सेवनले शरीरबाट पिसाब बाहिरलेक्रम बढाउन सघाउँछ । यसका कारण पाठेघरको संक्रमण घटाउन मद्दत पुग्छ। त्यस्तै, कुरिलोको सेवनले दुखाइ र सुन्निएको घटाउँछ, मिर्गौलामा हुने पत्थरीको जोखिम कम गर्छ, जोर्नीको दुखाइ कम गर्छ, कब्जियत घटाउँछ, रक्तअल्पता घटाउँछ र अनुहारमा चमक ल्याउन सघाउँछ । कुरिलो काँडेदार सदाबहार वनस्पति हो। 

यसका डाँठ, फूल र फललाई समेत औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । सुत्केरी महिलालाई कुरिलो खुवाएमा दूध बढाउने मात्र नभई पर्याप्त तागत बढाउनसमेत मद्दत पुग्ने आयुर्वेद चिकित्सकको भनाइ छ। 

यसको जराको रस निकालेर चूर्ण बनाएर वा पकाएर क्वाथका रूपमा प्रयोग गर्न सकिन्छ । चूर्णलाई दूधमा घोलेर खान सकिन्छ । त्यस्तो औषधिजन्य चूर्ण ३ देखि ६ ग्राम, स्वरस १० देखि २० मिलिलिटर र क्वाथ ५० देखि १०० मिलिलिटरसम्म सेवन गर्न सकिन्छ।

Comments

Back to top