भारतमा मारुती अफ रोडर जिमनी लन्च

अटो एक्स्पोको दोस्रो दिन मारुती सुजुकीले आफ्नो अफ रोडर एसयूभी जिमनी सार्वजनिक गरेको छ। लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा जिम्नीको उपस्थिति रहेको छ। 

मारुतीले यसलाई भारतमा विगत पाँच वर्षदेखि विभिन्न कार्यक्रममा देखाउँदै आएको थियो तर यो अन्ततः २०२३ मा लन्च भएको हो । भारतमा जिम्नीको ४ ह्वील ड्राइभ र ५ डोर संस्करण ल्याइएको छ । यसको अर्थ कम्पनीले एसयूभी उत्पादनको लागि पूर्ण तयारी गरिसकेको छ। यो अफ रोडर कारमा १.५ लिटर, ४ सिलिन्डर के-१५ -बि पेट्रोल इन्जिन हुनेछ। 

यसले ६,००० आरपीएममा १०१ बीएचपी पावर र ४,००० आरपीएममा १३० एनएम टर्क जेनेरेट गर्नेछ। कारमा ५ स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक ट्रान्समिसन हुनेछ। 

Comments

Back to top