विश्वकै तेस्रो धनी उद्योगपतिको सिमेन्ट कारखाना बन्द

विश्वकै तेस्रो धनी व्यक्ति गौतम अदानीको स्वामित्वमा रहेको अदानी समूहद्वारा सञ्चालित दुईवटा ठूला सिमेन्ट उद्योग बन्द भएपछि हजारौँ मानिस बेरोजगार भएका छन्।

भारतको उत्तरी राज्य हिमाचल प्रदेशस्थित दारलाघाटमा सञ्चालित ती उद्योगहरू गत डिसेम्बरमा बन्द गरिएका हुन्।

उद्योग खुलेपछि आफ्ना बालबच्चाले त्यहीँ रोजगारी पाउने र जागिरको खोजीका लागि टाढा पुग्नु नपर्ने स्थानीयवासीको अपेक्षा थियो।

तर पाँचवटा गाउँको जमिन लिएर खुलेको उद्योगमा जम्मा ७२ परिवारका सदस्यले मात्रै रोजगारी पाएको ठाकुर बताउँछन्।

अदानी समूहले दुईवटा कारखानाबाट १४३ जना कर्मचारीहरूलाई उनीहरूको रोजगारी सुरक्षाका लागि यही समूहले सञ्चालन गरेका अन्य कारखानामा लगिएको जनाएको छ।
 

 

Comments

Back to top