प्रदेश १ को लोकसेवा आयोग कार्यालयले माग्यो कर्मचारी, कुन पदमा कति जनाको खुल्यो विज्ञापन ? (विज्ञापनसहित)

प्रदेश नं १, विराटनगर, नेपाल, (सूचना सञ्चार प्रविधि तथा प्रकाशन शाखा) स्थानीय सरकारी सेवाका लागि निम्न सेवा, समूह, उपसमूह र आन्तरिक प्रतिस्पर्धाको स्तर खुला र समावेशी पदहरू प्रतिस्पर्धात्मक परीक्षामार्फत भर्नुपर्ने भएकोले निम्नानुसार योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। तोकिएको न्यूनतम योग्यता पूरा गर्ने उम्मेदवारहरूले आयोगको अनलाइन आवेदन प्रणाली https://ppsconline.p1.gov.np मार्फत आवेदन दिनुपर्छ। प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको छनोटलाई प्राथमिकताको क्रम अनुसार स्थानीय तहमा सिफारिस गरिनेछ। यसरी सिफारिस गरिएका उम्मेदवारहरूलाई सम्बन्धित स्थानीय तहले स्थायी नियुक्ति दिनेछ। सेवा सर्त र तलब र अन्य सुविधाहरु प्रचलित कानून बमोजिम हुनेछन्।

Comments

Back to top