यसकारण गर्भावस्थाको समयमा दिएको डेटभन्दा पहिले नै जन्मिन्छन् बच्चा!

एक अध्ययनले देखाए अनुसार सामान्य समयमा जन्माउनेहरूको तुलनामा गर्भावस्थाको समयमा चिन्ता अनुभव गर्ने महिलाहरूले बच्चा पहिले नै बच्चा जन्माउन सक्छन्।

स्वास्थ्य मनोविज्ञान जर्नलमा प्रकाशित अनुसन्धानले गर्भावस्थाको समयमा हुने चिन्ता गर्भअवस्थाका लागि निक्कै हानिकारक छ। यस अध्ययनको नतिजा पढ्नु चिकित्सकहरूका लागि मद्धत हुनेछ भने तोकिएको समयभन्दा पहिले जन्म हुन नदिन मद्दत गर्नेछ।

यदि यसो भएमा आमा र बच्चाहरुका लागि पोस्टपर्टम डिप्रेसनको जटिलता आउन सक्छ । त्यो चिन्ता पूर्व जन्म वा गर्भावस्थाको ४८ हप्ता अघि जन्मको लागि जोखिम कारक हुन सक्छ। अध्ययनहरूले सुझाव दिन्छ कि हामीले गर्भवती महिलाहरूमा चिन्ताको मूल्याङ्कन गर्नुपर्छ, त्यसको न्युनिकरणका लागि ध्यान दिनुपर्छ।

यसैले आमाहरु सचिन्ता मुक्त हुनुपर्छ भन्ने यो अध्ययनले देखाएको छ। संयुक्त राज्य अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका प्रमुख अध्ययन लेखक क्रिस्टिन डन्केल सेटरले भने गर्भ बस्यो भनेपछि आमा तनाव मुक्त हुनुपर्छ।

Comments

Back to top