ट्विटरबाट २० करोड प्रयोगकर्ताको डाटा चोरी!

ह्याकरहरूले २00 मिलियन भन्दा बढी ट्विटर प्रयोगकर्ताहरूको इमेल ठेगाना चोरे र तिनीहरूलाई अनलाइन ह्याकिङ फोरममा पोस्ट गरेका थिए। 

इजरायली साइबर सुरक्षा निगरानी फर्म हडसन रकका सह-संस्थापक एलोन गलले सो जानकारी दिए। डिसेम्बर  २४ मा, सुरक्षा अनुसन्धानकर्ताले यसलाई सोशल मिडियामा साझा गरेको थियो। अहिले यसको स्क्रिनसट इन्टरनेटमा भाइरल भइरहेको छ ।

हाल ट्विटरले यस घटनामा कुनै प्रतिक्रिया दिएको छैन। केही रिपोर्टहरूले यो पनि अनुमान लगाएका छन् कि यो ह्याकिंग २०२१ को सुरुमा भएको हुन सक्छ र  ट्विटरमा ह्याकिङसँग सम्बन्धित यो पहिलो घटना नभएको बताए।

यसअघि पनि धेरै ठूला राजनीतिज्ञ र व्यापारीको खाता ह्याक हुने घटना सार्वजनिक भइसकेको र  यसमा पीएम मोदी र एलन मस्कको खाता पनि समावेश भएको जनाएको छ ।

Comments

Back to top