के हो बच्चाले ध्यान दिन नसक्ने, चकचक गरिराख्ने रोग एडीएचडी ?

बालबालिकामा केही अवस्थामा कुनै पनि कुरामा एकाग्र हुन नसक्ने र चकचक गरिराख्ने समस्या देखिन्छ। यसलाई एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’(एडीएचडी) भनिन्छ। विश्वको तथ्यांक हेर्ने हो भनी यस्तो समस्या करिब ३ देखि ५ प्रतिशत बच्चामा देखिन्छ। एक ठाउँमा बस्न नसक्ने, अरुलाई चलाइ राख्ने, पढाइमा ध्यान दिन नसक्नेजस्ता समस्या यो रोगमा देखिन्छ।

५ वर्षभन्दा मुनिका बच्चा चकचक गरे सामान्य मान्न सकिन्छ। तर त्योभन्दा माथिका बच्चा एक ठाउमा नबस्ने, सामान तोडफोड गरी दिने, रिस देखाएर नडराउने,केही कुरा गर्न पनि नडराउने, बढी बोल्ने, अरुलाई जे पनि भनिदिने, पिट्ने, कुनै कुरामा पनि ध्यान दिन नसक्ने, काम दियो भने पुरा गर्न नसक्ने जस्ता समस्या देखियो भने एडीएचडी हुनसक्छ। धेरै चकचक गर्ने, सामान तोडफोड गर्नेे कुनै कुरामा ध्यान दिन नसक्ने भयो भने उक्त बच्चालाई एडीएचडी समस्या भएको बुझ्न्पर्छ।

यस्ता बच्चामा दिमागको ध्यान दिने र शान्त बनाएर राख्ने भाग विकास हुँदैन। कुनैमा १३–१४ देखि १७–१८ वर्षसम्म विकास हुन्छ र ठीक हुन्छ.। केहीलाई जिन्दगीभर एडीएचडीको समस्या हुन्छ।

सानैदेखि अत्यधिक रुपमा मोवाइल प्रयोग गर्ने बालबालिकामा एडीएचडी समस्या बढी हुने हुन्छ।

यस्ता बच्चाहरु छिटो एक्सन लिने खालका हुन्छन्। देखेपछि गरिहाल्ने खालका हुन्छन्। यस्तो समस्या भएका बच्चाहरु नडराउने, बाटो काट्नु प¥यो भने नसोची दौडने, हामफाल्न पर्‍यो भने हाम फालिहाल्ने, झगडा गरिहाल्ने खालका हुन्छन।

कोही ठुला मान्छे बोलेका छन भनि केही सोच्दै नसोची बोल्छन् यस्ता बच्चाहरु। पालो कुर्न सक्दैनन्। लाइन बस्नु पर्यो भने पनि यस्ता बच्चालाई धकेलेर अगाडि जानुपर्ने हुन्छ। कक्षामा शिक्षकले जे प्रश्न गरेपनि पनि हात उठाउने, हेर्दा चनाखोजस्ता देखिन्छन्। तर यस्ता बच्चाका दुई खालका समस्या देखिन्छन्।
एउटा राम्रोसँग कुनैपनि कुरामा ध्यान दिन नसक्ने खालका हुन्छन्। त्यसैले पढ्नलाई गाह्रो हुन्छ। बच्चा हेर्दा स्मार्ट नै हुन्छ। उसको बुद्धि विकास अनुसार पढाइमा प्रगति गर्न गाह्रो हुन्छ।

यो समस्या भएका बच्चालाई गाली गर्नु भन्दा पनि माया गरेर सम्झाउनु पर्छ। समस्याको समयमाने पहिचान गरी उसलाई जे गर्दा खुसी मिल्छ त्यही गर्न लगाउनु पर्छ ।

आजभोलि टीभी, मोबाइलको बढी प्रयोगले यो समस्या दिन प्रतिदिन बढिरहेको छ। ठूलो मान्छेलाई यो समस्या भयो भने बढी बोल्ने, कुनै कुरामा ध्यान दिन नसक्ने, सवारी साधन चलाउँदा दुर्घटनामा पर्ने हुन्छ । पारिवारिक सम्बन्धमा समस्या आउछ। कुनै पनि काम राम्रोसँग गर्न नसक्ने हुँदा त्यसले जिन्दगीभरलाई असर गर्छ ।
यस्ता बच्चालाई आमा बाबुले धेरै चकचके छ भनेर घरमै राख्छन्। जसले गर्दा रोग पहिचानमा ढिलाई हुन्छ। औषधि उपचार गरे यसलाई नियन्त्रण गर्न सकिन्छ।

एडीएचडी उपचारबाट भन्दा पनि वातावरण सहज बनाइदियो भने निको हुन सक्छ। यदि यो सबै गर्दा पनि निको भएन भने अस्पताल लैजानुपर्छ ।
 

Comments

Back to top