एलन मस्कलाई पछि पार्ने तरखरमा गौतम अडानी

विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाको सेयर गत वर्ष झन्डै ६५ प्रतिशतले घटेको थियो। टेस्लाको स्टक नयाँ वर्षको पहिलो ३ कारोबार दिनमा २ दिनमा घट्यो। 

टेस्ला, स्पेसएक्स र ट्विटरका सीईओ एलन मस्कको समस्या झनै बढ्दै गइरहेको छ।  बिहीबार २.९० प्रतिशतले घटेको थियो। जसका कारण मस्कको कुल सम्पत्ति २ अर्ब १० करोड डलरले घटेर १२४ अर्ब डलरमा झरेको छ। 

मस्कको नेटवर्थ नोभेम्बर २०२१ मा ३४० अर्ब डलर पुगेको थियो। तर, त्यसपछि निरन्तर गिरावट आइरहेको छ। 

मस्क अहिले विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा झर्ने नजिक पुगेका छन्। वर्ष २०२३ भर्खरै सुरु भएको छ तर यो वर्षको सुरुआतदेखि मस्कले अहिलेसम्म १३ अर्ब डलर गुमाइसकेका छन्। 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्क १२४ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरूको सूचीमा दोस्रो स्थानमा छन्। यो सूचीमा गौतम अडानी समूहका अध्यक्ष गौतम अडानी तेस्रो स्थानमा छन्। उनको कुल सम्पत्ति ११९ अर्ब डलर रहेको छ। अर्थात् मस्क र अडानीको नेटवर्थमा अहिले ५ अर्ब डलरको मात्र अन्तर छ। 

फ्रान्सका बर्नार्ड अर्नाल्ट १६९ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा पहिलो स्थानमा छन्। 

Comments

Back to top