यस्तो अनौठो कुखुरा जुन घाँटी काटेपछि पनि डेढ वर्ष बाँच्यो!

अमेरिकाको यो क्षेत्रमा मानिसहरु कुखुराको मासु खान निकै मन पराउँछन्, यसै सिलसिलामा एक कुखुरा मालिकले पनि आफ्नो कुखुरा काट्ने सोच बनाए । उनले धारिलो हतियारले कुखुराको टाउको काटे तर टाउको काटेपछि पनि कुखुरा जीउँदो नै रह्यो।

त्यसपछि मालिकले यो कुखुरालाई राम्रोसँग हेर्दा गलत तरिकाबाट टाउको काटिएको पाए । कुखुराको टाउको काटेपछि पनि दिमागमा जाने एक नसा र खानेपिउने अर्को नसा भने काटिएको थिएन।

यो घटना भएपछि मालिकले बचेको नसाबाट कुखुरालाई दूध र पानी खुवाउन थाले र यसको परीक्षणको लागि उथाह विश्वविद्यालयमा लगियो।

यो कुखुरा उक्त अवस्थामा १८ महिनासम्म जिउँदो रह्यो । यो कुखुराले मालिकलाई चर्चित मात्र बनाएन, उनले मासिक ४५ सय सम्मको आम्दानी पनि गर्न थालेका थिए।

Comments

Back to top