अमेजनले निकाल्यो १८ हजार कर्मचारी!

अमेजनले १८,००० भन्दा बढी कर्मचारीहरूलाई हटाउने भएको छ। पछिल्ला केही वर्षमा अमेजनले ठूलो संख्यामा कर्मचारी भर्ना गरेको थियो तर अहिले मन्दीको डरले कर्मचारी घटाइँदैछ।

 सो लेअफका कारण धेरै टोलीहरू प्रभावित भएको छ। अमेजन स्टोर र पिपुल, एक्सपिरियन्स एण्ड टेक्नोलोजी टोलीबाट अधिकांश कर्मचारीहरूलाई हटाइँदैछ।

यसअघि गत नोभेम्बरमा कम्पनीले १० हजार कर्मचारी हटाउने घोषणा गरेको थियो। अमेजनसँग सेप्टेम्बरको अन्त्यसम्म १.५ मिलियन भन्दा बढी कर्मचारीहरू थिए, जसले यसलाई सबैभन्दा ठूलो अमेरिकी रोजगारदाताहरू मध्ये एक बनाएको थियो। 

अमेजनको यो निर्णय पछि, यसको स्टक २%ले बढ्यो। यो कदमले कम्पनीको नाफा बढाउने लगानीकर्ताको विश्वास भएको बताए।

Comments

Back to top