एप्पलले पुन: बढायो ब्याट्रीको मूल्य!

एप्पलले आईफोनको ब्याट्रीको मूल्य पुन: बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको यो मूल्यले नेपाली उपभोक्तालाई पनि मारमा पार्ने भएको छ। 

कम्पनीले एक सूचना जारी गर्दै २०२२ को मार्च भन्दा अगाडि सार्वजनिक भएका सबै पुराना आईफोनको ब्याट्रीको मूल्य २० डलरले बढेको जानकारी दिएको छ। साथै यो ब्याट्रीको मूल्य वृद्धि पुराना आईफोन, केही आईप्याड, म्याकबुक र केही अन्तर्राष्ट्रिय बजारमा पनि लागू हुने कम्पनीले जनाएको छ।

गत मार्चअघि खरिद गरिएका आईफोनको ब्याट्री परिवर्तन गर्नुपर्नेमा अहिले लागिरहेको रकमभन्दा करिब तीन हजार रुपैयाँ बढी तिर्नुपर्ने छ। उदाहरणका लागि अहिले आईफोन १३ को ब्याट्री परिवर्तन गर्न करिब १० हजार लाग्छ भने अब यसको ब्याट्री परिवर्तन गर्न १३ हजार रुपैयाँ लाग्नेछ। 

हाल आईफोन १४ का सबै मोडलहरू वारेन्टी अन्तर्गत नै पर्दछन्। तर सोभन्दा पुराना फोनहरूको ब्याट्री प्रतिस्थापन गर्न भने ग्राहकलाई महँगो पर्ने भएको छ।

Comments

Back to top