गुल्मीको रेसुङ्गा नगरपालिकामा खेलकुद प्रशिक्षक र संगीत प्रशिक्षकको आवश्यकता
लुम्बिनी प्रदेश रेसुङ्गा नगरपालिकामा, नेपाल खेलकुद तथा संगीत प्रशिक्षकको आवश्यकता सम्बन्धमा सूचना प्रकाशन भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री शैक्षिक सुधार कार्यदल तथा समन्वय इकाइ, राप्ती उपत्यका देउखुरी दाङले स्वीकृत गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यदलअन्तर्गत आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम कार्यान्वयनका लागि छनोट गरिएको हो । कार्यदलले खेलकुद प्रशिक्षक र सङ्गीत प्रशिक्षक नियुक्त गरी सबै विद्यालयमा पालैपालो पठाउने । सिफारिस तथा कार्यान्वयन समिति, रेसुङ्गा नगरपालिका, गुल्मीको मिति २०७९-०९-१७ को बैठकको निर्णय अनुसार खुला प्रतिस्पर्धाका आधारमा विस्तृत प्रशिक्षकको दरबन्दी पदपूर्ति गर्नुपर्ने भएकाले , इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले रेसुङ्गा नगरपालिका, नगर कार्यपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, तम्घास, गुल्मीमा अग्रिम दरखास्त दिन जानकारी गराइन्छ ।
Comments