फोन उठाउँदा ‘हेलो’ नै किन भन्ने गरिन्छ ?

फोन होस् या मोवाइल उठाउने बित्तिकै सुरुमा बोलिने शब्द ‘हेलो’ । यो हामीले सानैदेखि सुन्दै आएको शब्द हो, जुन शब्द आजसम्म निरन्तर प्रयोग भइरहेको छ। त्यसो त फोनको आविष्कार भएको समयमा मानिसले फोनमा कुरा गर्दा ‘आर यू देयर ?’ भन्थे। किनकि उनीहरुलाई आफ्नो आवाज अर्कोतिर पुगिरहेको छ भन्ने विश्वास हुँदैनथ्यो।

उनीहरुलाई कसरी हामीले बोलेको आवाज जस्ताको तस्तै उता सुनिन्छ होला भन्ने लाग्थ्यो। ‘हेलो’ शब्द पहिलोपल्ट उच्चारण फोनको आविष्कारक ग्राहम बेलले गरेका थिए। उनकी प्रेमिकाको नाम मारग्रेट हेलो थियो । त्यसैले उनले सुरुमै ‘हेलो’ भनेर फोनमा प्रेमिकालाई संबोधन गरेर कुराकानी थालेका थिए।

अमेरिकी आविष्कारक टाँमस एडिसनलार्ई पनि फोनमा मानिसहरुले लामो वाक्यबाट कुरा थाल्ने चलन ठीक लागेन। उनले यसको सट्टा एक शब्दको प्रयोग गर्न खोज्दा ‘हेलो’ भन्नु नै ठीक ठाने।

यसो गर्दा ग्राहम बेलप्रति सम्मान पनि हुने सम्झिए। त्यसैकारण उनले १८७७ ईश्वीमा पिट्सवर्गको सेन्ट्रल डिस्ट्रिक्ट एंड प्रिंटिंग टेलिग्राफ कम्पनीका अध्यक्ष टीबीए स्मिथलाई पत्र लेखेर ‘टेलिफोनमा स्वागत शब्दको रुपमा ‘हेलो’ शब्दको प्रयोग गर्नु उचित हुन्छ भने। उनको सल्लाहलाई सबैले माने। त्यसबेलादेखि सर्वसाधारणले पनि टेलिफोनमा स्वागत शब्दका रुपमा हेलो भन्ने चलन स्थापित भयो। त्यसबेला टेलिफोन एक्सचेंजमा काम गर्ने अपरेटर केटीहरुलाई पनि हेलो भनिन्थ्यो।

Comments

Back to top