पुरुष बिना नै आमा बन्ने अचम्मको गाउँ!

विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गर्ने गरिएको छ।

अर्को सत्य के पनि हो भने नेपालमा बिबाह भन्दा पहिले यौन सम्बन्धमा रहने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । नेपाली समाजमा आमा बन्नका लागि महिला तथा पुरुषको शारीरिक सम्बन्ध अनिवार्य हुन्छ । किनकि यो प्राकृतिक नियम नै हो । अहिलेको वैज्ञानिक युगमा पुरुषविना महिला आमा बन्न सक्दैनन् भन्न त सकिन्न तर धेरै समाजले पचाउन सक्दैन। हाम्रो देशमा विवाहपूर्व गरिने शारीरिक सम्बन्धलाई समाजले हालसम्म स्वीकारेको छैन।

पुरुषको शुक्राणु र महिलाको रजको मिलनबाट नै बच्चाको जन्म हुन्छ । तर, विश्वमा यस्तो गाउँ भेटिएको छ जहाँ पुरुष विना नै महिला गर्भवति भइरहेका छन् , यो खबर केन्याको हो । समबुरुको उमोजा भन्ने गाउँमा विगत २७ वर्षदेखि कुनै पनि पुरुषले पाइला टेकेका छैनन् । तैपनि, यो गाउँका महिला लगातार गर्भवती भइरहेका छन् र आफ्नो परिवारको विकास गरिरहेका छन् ।

यस ठाउँलाई चारैतिरबाट काँडे तारले घेरेर राखिएको छ । केन्याको यो गाउँ विश्वको रहस्यमयी गाउँको रूपमा चिनिन्छ । त्यसैले यस गाउँमा पुरुष जानका लागि प्रतिबन्ध गरिएको छ । यो गाउँ सन् १९९० मा १५ जना महिला मिलेर बसाएका थिए । यी १५ महिला सन् १९९० मा ब्रिटिस सैनिकबाट बलात्कृत भएका थिए ।

त्यसैले त्यो गाँउमा कोही पुरुष पुगे बेपत्ता भइहाल्ने गर्दथे । यस्तो भएपछि त्यहाँ पुरुषलाई जान निषेध गरिएको छ । तरपनि महिला गर्भवती भइरहेका छन् । रहस्यमय गाँउ भएकाले त्यो रहस्य कसैलेपनि बाहिर ल्याउन सकेको छैन। राज्यलाई नै थाहा छैन की त्यहाँ कसरी महिला आमा बनिरहेका छन्।

Comments

Back to top