६८ हजार रुपैयाँ किलो पर्ने विश्वको सबैभन्दा महँगो आलु!
विश्वभरी आलु नपाक्ने घर विरलै होलान्। आलुलाई तरकारीको राजा भनिन्छ। एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु हुँदैन होला।
तर यो साँचो हो । विश्वमा आलुको एउटा यस्तो प्रजातिको खेती हुन्छ जसको एक किलोको मूल्य करिब ६८ हजार पर्छ।
ले बोंनोट्टे (Le Bonnotte) नामका यो आलुको खेती फ्रान्सको एक द्वीप Ile de Noirmoutier मा हुन्छ । बलौटे माटोमा यसको खेती हुन्छ । समुद्री झारले यसको मलको रुपमा काम गर्छन् । यसको देती ५० वर्गमिटरको जमिनमा हुने बताइन्छ।
यो आलुलाई दुलर्भ प्रजातिको श्रेणीमा राखिएको छ । Le Bonnotte लाई प्रत्येक वर्ष १० दिनसम्म मात्रै उपलब्ध गराइन्छ । यसको खेतीका लागि निकै सावधानी अपनाउनुपर्छ । ला बोनोटे आलुलाई रोपेको तीन महिना पछि यसलाई खनेर निकालिने गरिन्छ । फेब्रुअरीमा यो रोपिन्छ र मेमा यो खन्ने गरिन्छ।
यो आलुको स्वाद नुनिलो हुन्छ भनिन्छ । यसको प्रयोग प्युरी, सलाद, सुप र क्रिमको तयारीका लागि गरिन्छ । साथै थुप्रै रोगविरुद्ध यसको सेवन फाइदाजनक मानिन्छ।
Comments