मानिसले मलद्वारबाट समेत श्वास फेर्न सक्ने वैज्ञानिकको दाबी !

अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ ।
 सुन्दैमा अनौठो तथा अपत्यारिलो भए पनि मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुराले मानव शरीरको संरचनामा मात्रै होइन चिकित्सा विज्ञानमै ठूलो हलचल ल्याउनेछ ।

वैज्ञानिकहरुले सुँगुर र मुसामा परीक्षण गरेका थिए । साथै केही कछुवामा पनि यो परीक्षण गरिएको थियो । त्यस सम्बन्धी रिपोर्ट हालै क्लिनिकल एण्ड ट्रान्सलेसनल रिसोर्स एण्ड टेक्नोलोजी इनसाइट जर्नलमा प्रकाशित भएको छ। उक्त प्रयोगका क्रममा वैज्ञानिकहरुले ती जीवहरुको आन्द्रालाई रगडेर थोरै पातलो बनाए ता कि म्युकोसल लाइन पातलो होस् । यसले आन्द्राको रक्तप्रवाहमा तिव्रता आउँदछ र कुनै बाधा उत्पन्न हुँदैन । त्यसपछि ती जीवहरुलाई कम अक्सिजन भएको कोठामा राखियो । कछुवामा चाहीँ प्राकृतिक रुपमै पातलो म्युकोसल लाइन भएको आन्द्रा हुन्छ । त्यसैले कछुवालाई स्वास लिनमा कुनै पनि समस्या आउँदैन र चिसो याममा पनि जिवित रहन्छ ।

डेलीस्टारमा प्रकाशित रिपोर्ट अनुसार जुन जनावरलाई कम अक्सिजन भएको च्याम्बरमा राखिएको थियो ती ११ मिनेटपछि मरे । किनकी उनीहरुको आन्द्रामा कुनैपनि प्रकारको उपचार गरिएको थिएन । तर जुन जनावरको आन्द्राको उपचार गरी म्युकोसल लाइन पातलो बनाइएको थियो उनीहरु करीब १८ मिनेट सम्म बाँच्न सफल भए । त्यसरी बाँच्ने जीवहरुले मलद्वारबाट पनि श्वासप्रश्वास गरिरहेका थिए ।

वैज्ञानिकहरुले उक्त परीक्षण करीब १ घण्टासम्म जारी राखे । आन्द्रा पातलो बनाइएका जीवको मलद्वारबाट प्रेसर अक्सिजन दिइयो । त्यसो गर्दा ती मध्ये ७५ प्रतिशत जीव १ घण्टासम्म जिवित रहे । यसबाट के पत्ता लाग्यो भने आन्द्राको पत्रलाई पातलो बनाइएको खण्डमा मुसा र सुँगुरले कम अक्सिजन भएको बेला आफ्नो मलद्वारबाट समेत श्वास फेर्न सक्दा रहेछन् ।

वैज्ञानिकहरुले मानिसको आन्द्रामा समेत यस्तै खालको उपचार गरेर मलद्वारबाट श्वास फेर्न सकिने बनाउन सम्भव रहेको बताएका छन् । यद्यपि हालसम्म कुनै पनि मानिसमा यसको परीक्षण भएको छैन।

साभार:सौराहा अनलाइन

Comments

Back to top