ट्विटर सर्वेक्षणको विश्वसनीयतामा मस्को यस्तो शंका!

एलोन मस्कले आफैले गरेको ट्विटर सर्वेक्षणको विश्वसनीयतामा शंका गरेका छन् । सर्वेक्षणमा बहुमतले उनले कम्पनीको सीईओको पद छोड्नुपर्ने बताएका थिए।
अक्टोबर २७ मा प्लेटफर्मको मालिक बनेका मस्कले पहिले चुनावको नतिजाको पालना गर्ने बताएका थिए । तर ट्विटको एक श्रृंखलामा अर्बपतिले भोट बटद्वारा धाँधली भएको हुन सक्ने आशंका गरेका छन्। 

सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले ४४ अर्ब डलरमा कम्पनीको स्वामित्व लिएका मस्कले आठ हप्तापछि पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेका थिए। 

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन्।

मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

यसैबीच, पोलिंग कम्पनी ह्यारिसएक्सले मंगलबार ट्वीटर प्रयोगकर्ताहरूको आफ्नै सर्वेक्षण ट्वीट ग¥यो, जसमा ६१ प्रतिशत उत्तरदाताहरूले मस्कलाई सीईओको रूपमा रहन मतदान गरे। 
 

Comments

Back to top