तर्साउने गुडियाको अच्चमको टापु!
बच्चाहरु गुडिया खेलाउन पाउँदा निकै खुसी भएर रमाउँछन्। तर संसारमा एउटा यस्तो ठाउँ छ जहाँ यस्ता गुडियाहरु राखिएको छ, जुन देखेर मानिसहरु डरले थरथरी काँप्छन्।
मेक्सिकोमा डरलाग्दा गुडियामा राखिएको तर्साउने टापु छ । त्यहाँको दृश्यले जो कोहीलाई भयभित बनाउँछ। किनकि त्यहाँका रुखमा मन बहलाउने खालका सुन्दर गुडियाहरु होइन, हरेक रुखमा डरलाग्दा अनौठा गुडियाहरु झुण्डाइएको छ।
त्यहाँ पुग्ने जोकोहीले आफ्नो चारैतर्फ केवल भूतजस्ता डरलाग्दा गुडियाहरु देख्दछ। त्यहाँ रुखमा मात्र होइन पानी र जमीनमा पनि यत्रतत्र तर्साउने गुडियाहरु राखिएको छ।
स्थानीयहरुका अनुसार उक्त टापुमा डरलाग्दा गुडिया मात्र होइन एक अज्ञात केटीको आवाज पनि सुनिन्छ।
आखिर उक्त टापुमा त्यतिधेरै डरलाग्दा गुडिया कसले राख्यो त ?वास्तवमा डन जुलियन नामक व्यक्तिले ती गुडिया राखेका हुन्।
सहरबाट टाढा रहेको उक्त क्षेत्रमा जुलियन कुनै समय आफ्नी पत्नीसँग त्यहाँ बस्दथे । एकदिन त्यहाँ नहरमा उनले एकजना बालिकाको शव देखे । केही दिनपछि सोही नहरमा उनले एक गुडिया पनि भेट्टाए।
त्यसपछि जुलियनलाई ती बालिकाको आत्माले तर्साउन थालेको महसुस भयो । अनि उनले मृत बालिकाको आत्मालाई शान्त पार्नका लागि भन्दै टापुभरि नै गुडिया टाँग्न थाले। उनले टापुका रुखहरूका अलावा आफ्नो घरका चारैतर्फ पनि डरलाग्दा गुडियाहरु टाँगेका छन्।
स्थानीय भाषामा उक्त टापुलाई चाइनाम्पस भनिन्छ। सन् १९८७ मा युनेस्कोले उक्त क्षेत्रलाई विश्व सम्पदा घोषित गरेको छ।
डराउने गुडियाको टापुमा हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउँछन्।
एजेन्सी
Comments