अनौठो मुसा : जस्लाई मानिसको ज्यान जोगाएको भन्दै दिईयो 'स्वर्ण पदक’

तपाईहामी मुसा भन्ने बित्तिकै यो एक किसिमको खराव जनावर हो भन्ने बुझ्छौ र देख्ने बित्तकै हामि लखेटी लखेटी मार्न कोसिस गर्छौ । तर यो दुनियामा यस्तो ठाँउ पनि छ जहाँ मुसालाई मार्ने नभई सम्मानको साथ स्वर्ण पदक दिईएको छ ।

गत वर्ष कम्बोडियामा एक मुसालाई मानिसको ज्यान जोगाएको भन्दै स्वर्ण पदक दिईएको छ । मागावा मुसाले बारुदी सुरुङ पत्ता लगाए पछि धेरै मानिसको जिवन जोगिएको थियो।

सोहि आधारमा उनलाई स्वर्ण पदकले सम्मान गरेको थियो । स्वर्ण पदक जित्न सफल उक्त मुसाले बिष्फोट नभएका बारुदी सुरुङहरु पत्ता लगाएको छ । यस मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाएर मानिसहरुको ज्यान जोगाएको छ।

 

Comments

Back to top