दुनियाकै अनौठो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर

स्वीमिङ पुल भन्ने बित्तिकै तपाई हामी पौडीन अनि आनन्द लिनको लागी भन्ने बुझ्छौं। हुन पनि त त्यही हो । तर आज हामी तपाईहरुलाई यस्तो स्वीमिङ पुलको बारेमा जानकारी दिन गईरहेका छौं । जाहाँ पौडीन मात्र नभई पौडीदै सहर घुम्न समेत पाईन्छ।

युएइको दुबईमा संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल छ । डीप डाइभ दुबई नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइ सम्म जान सक्दछन् । सो गहिराई सम्म पुग्दा पुलमा डुबेकाहरुले एउटा काल्पनिक शहरका अवशेषहरुको आनन्द उठाउन सक्दछन्।

दुबई सहरबाट झण्डै १५ मिनेटको दूरीमा पर्ने नाद अल शेबा भन्ने ठाउँमा उक्त पुल निर्माण भएको हो।  यो स्वीमिङ पूलमा करीब १ करोड ४० लाख लिटर पानी हालिएको छ। दुबईको यो ६० मिटर गहिरो स्वीमिङ पूलले किर्तिमान समेत कायम गरेको छ । यस अघि सो किर्तिमानँ पोल्याण्डमा निर्मित ४५ मिटर गहिरो डीप स्पट नामक स्वीमिङ पूलको नाउँमा थियो । 

निश्चित पाहुनाहरुका लागि मात्र खुल्ला गरिएको दुनियाकै सबैभन्दा गहिरो स्वीमिङ पुलमा हलिउडका अभिनेता विल स्मिथले यो स्वीमिङ पूलमा पौडी खेलेका छन् ।  

Comments

Back to top