यस हप्ता नेप्सेमा बन्यो 'बियरिश माराबोजु', आगामी हप्ता नेप्से कता लाग्ला?

गत साता १.४२% ले बढेको नेप्से यो साता भने २.२३% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९६१.०७ को बिन्दुमा खुलेको नेप्से १९७३.३९ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब ४४ अङ्क गुमायो। हप्ताको अन्तिम कारोबार दिन लगभग १७ अंक घटेर नेप्से १९१७.२८ मा बन्द भएको छ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: DEC 9, 2022

 

अघिल्लो साता 'बुलिश माराबोजु क्यान्डल' बनाउँदै उकालो लागेको नेप्सेले यो साता भने  'बियरिश माराबोजु क्यान्डल' बनाएको देखिन्छ जसले बजार बिक्रिकर्ताको पकडमा आउन थालेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा तल भएको छ तर ब्याण्ड भने फराकिलो हुन थालेको देखिन्छ जसले बजारमा उतारचढाव पनि  बढ्न थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल –८१.४५  मा आएको छ र हिस्टोग्राम घटेर पोजिटिभ २४.९८ मा पुगेको छ जसले बजारमा खरिद घटिरहेको देखाउँछ ।  सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल –१०६.०३ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र दुई डिएमआई लाईनले एक अर्कालाई छुन सकेनन् जसले 'बुलिश क्रसओभर' को सम्भावना घटेको देखिन्छ । साथै, बजारमा खरिद घटेको बुझाउँछ। आरएसआइ ४४.५८ बाट घटेर ४१.५२  मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८६० को एरिया हुन्छ भने  नेप्सेको अवरोध १९९० को एरिया देखिन्छ।

Comments

Back to top