पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अव सो योजना पुरा हुनेमा आफु विस्वस्त रहेको बताएका छन् ।

बिहीबार कैलाली उद्योग वाािणज्य संघले आयोजना गरेको सुदूरपश्मि महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अव पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छ, किनकी पश्चिमसेती ठग कम्पनिको हातमा परेको छै, अहिले लाईसेन्स पाएको कम्पनि काम गर्ने कम्पनि हो, काम गरेर देखाउने छ ।’

लगानी बोर्ड नेपालले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लाइसेन्स दिएको छ ।

पश्चिम सेतीसँगै पञ्चेश्वर बहु उद्देश्यीय आयोजना निर्माणमा पनि भारतले तदारुकता देखाएको बताउँदै प्रधानमन्त्री देउवाले सो आयोजना निर्माण भए सुदूरपश्चिमको आर्थिक सोरुप फेरीने बताए ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर लगायत सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । 

उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए । 

 

Comments

Back to top