चिनियाँ विश्वविद्यालयले विद्यार्थीको हाजिर बढाउन ‘राम्री’ शिक्षिका भित्र्यायो!

विद्यार्थीको हाजिर बढाउन चीनको एक विश्वविद्यालयले आकर्षक जुुक्ति लगाएको छ। 

मध्य चीनको उक्त विश्वविद्यालयले राम्री शिक्षिकाहरु अध्यापनको लागि राखेको हो। चिनियाँ सामाजिक सञ्जाल विबोमा ‘परीजस्तै शिक्षिका’ले बढाउने भएकाले अब सधैं आफू विद्यालय जाने योजनामा रहेको एक विद्यार्थीले पोस्ट गरेका थिए।

ती विद्यार्थीको पोस्टसँगै यतिबेला मानिसहरुले यस विषयमा आफ्ना धारणा राखिरहेका छन्। मानिसहरुले मान्छे राम्री मात्र भएर हुँदैन पढाउन सक्नुपर्छ भनिरहँदा युनिभर्सिटीले भने उनको अध्यापन गराउने क्षमताको कारण नै उनलाई काममा राखिएको स्पष्टीकरण दिएको छ।

चाङ थर गरेकी शिक्षिकाले ‘माओ त्सेतुङको विचार’ अध्यापन गराउने युनिभर्सिटीले बताएको छ। उनको कक्षामा पढ्ने सोङ थर गरेका विद्यार्थीले अब यो पूरा सेमेस्टार कक्षामा उपस्थित हुने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

Comments

Back to top