सेञ्चुरी कमर्सियल बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

सेञ्चुरी कमर्सियल बैंकले वार्षिक साधारणसभा  डाकेको छ । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले  वार्षिक साधारणसभा पुस १४ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु जनाएको छ । सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

सोही सभाले प्रभु बैंकसँगको १:१ सेयर स्वाप रेसियोमा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन पनि अनुमोदन गर्नेछ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको । यसको अर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Comments

Back to top