अहिलेको राष्ट्रपति भवन सितल निवास कसको हो?

विक्रम संवत् १९५८ सालमा जन्मेर २०३९ सालमा स्वर्गे भएकी अधिराजकुमारी तारा स्वर्गीय श्री ५ महाराजाधिराज त्रिभुवनकी जेठी दिदी हुन् ।

प्रधानमन्त्री चन्द्र शम्शेर राणाकि जेठी पत्नीपट्टिका कान्छा छोरा जनरल कृष्ण शम्शेर राणासंग उनको विवाह भएको थियो। जनरल कृष्ण शम्शेर बेलायतको लागि नेपालको राजदूत भएर पनि गएका थिए।

हाल राष्ट्रपति भवन रहेको शीतल निवास पनि पहिले उनकै थियो । विदेशी अतिथिको स्वागत सत्कारको निम्ति काममा प्रयोग गरियोस् भनी अधिराजकुमारी तारा र जनरल कृष्णले बैंगलोर जाँदा यो भवन सरकारलाई दान गरेर गएका थिए। यो भवन शाही अतिथिगृह र परराष्ट्र मन्त्रालय हुँदै हाल राष्ट्रपति भवनको रुपमा प्रयोग हुँदै छ।

काठमाडौँको बौद्धस्थित हयात रिजेन्सी होटेलको पुरानो भवन र त्यसले चर्चेको भूमि पनि कुनै समय अधिराजकुमारी ताराले नेपाल महिला संगठनलाई दान गरेर दिएकी थिइन्। २०४७ सालमा बहुदल आएपछि त्यो संगठन पनि भंग गरियो। सरकारको स्वामित्वमा पुगेको त्यो अचल सम्पत्ति पनि व्यापारीको हातमा पुग्यो र त्यसलाई होटेलमा परिणत गरियो ।

साभार: रोचक खबर 

Comments

Back to top