अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

 

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार सञ्चालन गर्नको लागि राष्ट्रिय स्तरको स्कोप भएको वित्तीय संस्था हो। हाल नेपालका सात प्रदेशका २१ जिल्लामा ६० वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको यस वित्तीय संस्थाले विवरण अनुसार रिक्त पदका लागि योग्य, उत्साही र परिणाममुखी नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र विधिवत भरिएको आवेदन फारम, बायोडाटा, नागरिकता, फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र सहित तोकिएको कार्य अनुभव सम्बन्धी कागजातहरू [email protected] इमेल ठेगानामा बुझाउन सकिनेछ। वा संस्थाको केन्द्रीय कार्यालय, पनौती नगरपालिका–४, काभ्रेपलाञ्चोक । छोटो सूचीमा परेका आवेदकहरूलाई मात्र टेलिफोनद्वारा सूचित गरिनेछ।

Comments

Back to top