रोचक तथ्य: कुकुरको जन्मदिनमा सय केजीको केक!

कुकुर मानिसको सबैभन्दा भरपर्दो साथी हो भनेर धेरैले भन्ने गर्छन् । कुकुरले आफ्ना मालिकप्रति देखाउने व्यवहारले पनि धेरैलाई भावुकसमेत बनाउने गर्छ । कुकुरलाई मानिसको सबैभन्दा पुरानो साथीसमेत भन्ने   गरिन्छ। आफ्नो यो प्रिय साथीलाई खुसी बनाउन मानिसहरुले विभिन्न क्रियाकलापसमेत गर्ने गर्छन् । यस्तै, भारतका एक व्यक्तिले आफ्नो कुकुरलाई खुसी बनाउन निकै रोचक तरिका अपनाएका छन्।

भारतको कर्नाटकका एक व्यक्तिले आफ्नो कुकुर कृषप्रति देखाएको व्यवहारको धेरैले निकै प्रशंसा गरिरहेका छन्।

शिभप्पा यलप्पा मराडीलेले आफ्नो कुकुरको जन्मदिन ‘ग्रान्ड सेलिब्रेसन’ सहित गरेका छन् । उनले यो दिनलाई यति विशेष बनाउन चाहन्थे कि सय किलो केकसमेत ल्याए । जन्मदिन मनाएको भिडियो सोसल मिडियामा चर्चाको विषयसमेत बनेको छ ।


उक्त भिडियोमा एउटा टेबलमा ठूलो केक राखिएको देखिएको छ। शिभप्पाले आफ्नो कुकुरसहित सय केजी केक काटिरहेको पनि देखिन्छ । कृष मानिसको भीडको बीचमा आफ्नो केक अगाडि बसिरहेको देखिएका छन् । यतिबेला उनले ‘पर्पल बर्थडे क्याप’ समेत लगाएका थिए।

एएनआईका अनुसार उक्त कार्यक्रममा लगभग चार हजार पाहुनालाई आमन्त्रण गरिएको थियो । 

Comments

Back to top