निद्रा कम लाग्ने मानिसमा देखिन सक्छ यस्ता समस्या!

मानिसको जीवनशैलीमा देखिएको उतार चढाव तथा तनावका कारण निद्रा नलाग्ने समस्या आम बनेको छ । किनकी मनमा शान्ति भए मात्रै मानिस राम्रोसँग निदाउन सक्छ ।  यस्ता समस्याले  धेरैको शान्ति खोसिदिएको छ।

एक खोजअनुसार कुनै पनि मानिसलाई निदाउन एक घण्टाभन्दा बढी समय लाग्छ वा निदाउन नै गाह्रो भएको छ भने मानिसलाई ह्दयघात हुने सम्भावना २४ प्रतिशत बढी रहेको पाइएको छ। अनिद्रा तथा कम निद्राका कारण मानिसमा विभिन्न ५ प्रकारका खतरा देखिने अध्ययनले जनाएको छ।

तनाबका कारण अनेकन प्रकारका खतरा उत्पन्न हुने तथा समस्या पैदा हुने गरेको छ। शोधअनुसार ४ घण्टाभन्दा कम समय सुत्ने मानिसमा बुढ्यौलीपन छिट्टै देखिन्छ । कम समय सुत्ने मानिसको शरीरमा एन्टिबडी बन्ने प्रक्रिया ५० प्रतिशत भन्दा कम हुने गरेको पाइएको छ ।

१ घण्टाभन्दा कम सुत्ने मानिसको हकमा भने अनेकन खालका समस्या देखा पर्ने गरेको छ । त्यस्तै, ६ घण्टाभन्दा कम सुत्ने मानिसमा अल्जाइमर्सको समस्या देखा पर्ने सम्भावना बढी रहेको अध्ययनले देखाएको छ । त्यसैगरी ७ घण्टा भन्दा कम समय सुत्ने मानिसलाई अनेकन खालका फ्लू हुने खतरा बढी रहन्छ ।

कम समय सुत्ने मानिसको सिधा सम्बन्ध ‘हाइ ब्ल्ड प्रेसर’, ह्दयघात, ‘स्ट्रोक’ जस्ता बिमारी हुने सम्भावना बढी रहेको छ । निद्रा कम हुने मानिसमा बैचैनी तथा डिप्रेशनको समस्या बढी रहेको पाइएको छ ।

एल्सिवियर जर्नलमा प्रकाशित विवरण अनुसार प्रर्याप्त मात्रामा ननिदाउने मानिसमा आत्महत्या गर्ने सोच समेत बढी मात्रामा आउने गरेको पाइएको छ। स्वास्थ्य जीवनका लागि कम्तीमा पनि दैनिक ७ घण्टा निदाउनु जरुरी हुन्छ।

ओछ्याउनमा गएपछि कामको बारेमा समेत सोच्न छाडिनुस् वा कुनै पनि नकारात्मक सोच नराख्नुस्, त्यसले तपाईंलाई स्वस्थ्य बनाउन सहयोग पुर्याउँछ ।

ओछ्यानमा गएपछि मनमा कुनै पनि प्रकारको योजना नबनाउनुस् वा आँखा बन्द गरेर सकारात्मक सोच राख्नुस् । यसले तपाईं मिठो र गहिरो निद्रा लगाउन मद्दत पुर्याउँछ।

कम समय सुत्ने मानिस चाँडै बुढो देखिन्छ। भने शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने एन्टिबडी बनाउन समेत नसक्ने अवस्था रहन्छ। कोरोना खोपका सन्दर्भमा समेत यसबारेमा अध्ययन भइरहेको छ ।

कम सुत्ने मानिसमा मतिष्क रोग हुने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसबाट अल्जाइमरको समस्या बढी हुने सम्भावना रहने उक्त अध्ययनबाट पत्ता लागेको छ ।

सेन्टर फर ह्युमन स्लीप साइन्सका अनुसार पनि हरेक दिन ६ घण्टाभन्दा कम सुत्ने मानिसलाई अनेकन खालका स्वास्थ्य समस्या देखा पर्छ ।

यस्तै, नेशनल लाइब्रेरी अफ मेडिसिन साइन्सका अनुसार हरेक दिन ७ घण्टा भन्दा कम समय सुत्ने मानिसलाई रुघा वा खोकीको समस्या देखिने मात्रा ३ गुणा बढी रहेको छ तर, यस सम्बन्धी खोज भने प्रारम्भिक अवस्थामा मात्रै रहेको छ ।
 

Comments

Back to top