विन्ध्यवासिनी प्राकृतिक चिकित्सा अस्पतालमा विभिन्न पदहरुमा रोजगारीको अवसर
पोखरा महानगरपालिका वडा नं १ को विन्ध्यवासिनी प्राकृतिक चिकित्सा अस्पतालका लागि आवश्यक जनशक्ति विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रारम्भिक सञ्चालनका लागि तयारी गरिरहेको छ । २०७९ मंसिर ११ गते बसेको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम करार सेवाका लागि यो विज्ञापन प्रकाशित गरिएको हो ।
४० वर्ष ननाघेका सबै इच्छुक नेपाली नागरिकहरूलाई यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात पुस ३ गते बेलुकी कार्यालय समय ५:०० बजे पेश गर्नुहुन अनुरोध छ । ।
Comments