ब्लु चिप सेयर के हो ? विश्वासिलो छ कि छैन ?
संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ ।
उक्त कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिने क्षमता राख्दछन् । त्यसैले यी कम्पनीहरु विश्वासिलो मानिन्छन् र यस्ता कम्पनीको सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण रहन्छ । यस्ता कम्पनीको बजार मूल्य पनि बढी हुन्छ ।
नविल बैङ्क, एभरेष्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, स्टान्डर्ड चार्टर्ड बैङ्कलगायतका कम्पनीका सेयरहरुलाई लगानीकर्ताहरुले ब्लु चिप सेयरको रुपमा लिने गर्छन् ।
Comments