अमेजनको तेस्रो ठूलो निर्णय!
एडटेक र फूड डेलिभरी व्यवसायपछि ई-कमर्स कम्पनी अमेजनले अब भारतमा आफ्नो थोक वितरण सेवा पनि बन्द गर्ने निर्णय गरेको छ।
यद्यपि, कम्पनीले अमेजन भारतप्रति प्रतिबद्ध रहेको र आफ्नो थोक वितरण सेवा बन्द गरे पनि देशमा आफ्नो लगानी जारी राख्ने बताएको छ। अमेजनका प्रवक्ताका अनुसार भारतप्रति प्रतिबद्ध रहेको र आफ्ना ग्राहकहरूलाई मूल्य दिन सक्ने क्षेत्रमा लगानी गर्न जारी राखिने बताईएको छ ।
बिजनेस टुडे रिपोर्टका अनुसार कम्पनीले आफ्नो वार्षिक सञ्चालन योजना समीक्षा प्रक्रिया पछि कर्नाटक बाहिर आफ्नो थोक वितरण बन्द गरेको बतायो ।
Comments