भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

चामल निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। 

करिब तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो। पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा संघीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । सरकारी अधिकारीहरूका अनुसार चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको जानकारी दिएका छन।  

Comments

Back to top